सुन्दरबजार नगरपालिका–९ बुद्धटोलमा रहेको भरत थापाको घरमा आगलागी हुँदा त्यहीँ भाडामा बस्दै आएकी एकल महिलाको जलेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको ज्यान गएको हो।
आज बिहान करिब ३:३० बजे आगलागी भएपछि प्रहरीले स्थानीयको सहयोगमा उहाँ बस्दै आउनुभएको कोठाको ढोका फोरेर उद्धार गरेका थिए।
तर गम्भीर रूपमा जलेर घाइते भएकी उहाँको उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लगिएकोमा उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ।
प्रतिक्रया दिनुहोस्