सफल व्यवसायी पेमा डोमा शेर्पाको उम्मेदवारीले पोर्तुगलमा चर्चा तातेको छ।

वायु प्रधुशन
nepalijanatakhaba

पोर्तुगल : सोलुखुम्बु जिल्ला, दूधकुण्ड नगरपालिका–२ की पेमा डोमा शेर्पा केही वर्षदेखि पोर्तुगलको राजधानी लिस्बनमा रेस्टुरेन्ट व्यवसाय गर्दै आउनुभएको छ। हालै उहाँले गैरआवासीय नेपाली संघ (NRNA) पोर्तुगलको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि लिस्बनका चिया पसलदेखि ठूला बजारसम्म उहाँको चर्चा व्यापक रूपमा फैलिएको छ।

नेपालमा रहँदा सफल ट्रेडिङ व्यवसाय सञ्चालन गर्नुका साथै जर्मन प्रोजेक्टमा काम गरेको लामो अनुभवसमेत बोकेकी पेमा डोमा पछिल्लो ३–४ वर्षदेखि पोर्तुगलमा बसोबास गर्दै आउनुभएको छ। यसबीचमा उहाँले शेर्पा किदुक पोर्तुगलको महासचिवका रूपमा समेत सक्रिय भूमिका निभाइसक्नुभएको छ।

 

‘जहाँ सकिन्छ, त्यहाँ सहयोग गरौँ’ भन्ने सोच राख्ने पेमा डोमा शेर्पा हालसम्म शेर्पा समुदायबाट नेतृत्वमा उम्मेदवारी दिने पहिलो महिला हुनुहुन्छ। हामीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “यो उम्मेदवारी मेरो मात्रै होइन, सबै शेर्पा महिलाहरूको प्रतिनिधित्व हो। सगरमाथाको जिल्लाबाट आएका हामी सम्पूर्ण शेर्पाहरूको शिर सगरमाथा जत्तिकै उच्च राख्न चाहन्छु।”

nepalijanatakhabar

समबन्धित समाचार