अनलाइन सट्टेबाजीमा संलग्न आरोपमा काठमाडौँ र ललितपुरबाट १७ जना पक्राउ

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ — अनलाइनमार्फत सट्टेबाजी सञ्चालन गरेको आरोपमा काठमाडौँ र ललितपुरबाट १७ जना पक्राउ परेका छन्।

 

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, काठमाडौँको धापासीबाट १५ जना र ललितपुरको सनराइज अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरिएको हो।

 

उनीहरूलाई आईपीएल क्रिकेटको सट्टेबाजी गराएको आरोप छ। पक्राउ पर्नेहरूमा अछामका २९ वर्षीय डायमन्ड कुँवर, २१ वर्षीय मनोज बोगटी, कञ्चनपुरका ३० वर्षीय राजेन्द्र बहादुर महता, कैलालीका २१ वर्षीय अरविन कुमार खड्का, दाङका विष्णु कुमार राउत, डोटीका ठक्क कुँवर र तिलक खड्का, पूर्व नवलपरासीका जीत बहादुर महतो, डोटीकै सुवास खड्का र अछामका विकास थापा छन्।

 

यस्तै, डोटीका २३ वर्षीय हर्क बहादुर खड्का, भारतीय नागरिक ऋषभ राज, २६ वर्षीय दीपक कुमार सिंह, २५ वर्षीय अंकित कुमार सिंह, धिरज कुमार सिंह र मोहित कुमार सिंह पनि पक्राउ परेका छन्।

 

रुपन्देहीका २६ वर्षीय पूर्ण बहादुर दर्लामी मगरलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यो समाचार रातो पाटी डट्कम प्रकाशित छ 

nepalijanatakhabar

समबन्धित समाचार