साउदी अरब: रामेछाप नगरपालिका–८, सल्लेका सन्तोष कुमार तामाङको साउदी अरबमा सवारी दुर्घटनामा परि ज्यान गएको छ। जेठ १८ गतेको दुर्घटनामा उनी चालकको रूपमा कार्यरत गाडी दुर्घटनामा परेका थिए भन्ने जानकारी उनको परिवारले दिएको छ।
३४ वर्षीय तामाङ तीन महिनादेखि साउदीमा चालकको रूपमा काम गर्दै आएका थिए। उनका भाइ तिर्थ तामाङका अनुसार, दाजुको शव नेपाल ल्याउने प्रयास भइरहेको छ, तर उनी काम गरिरहेको कम्पनी बन्द भएपछि प्रक्रिया अड्किएको छ।
तिर्थले भन्नुभयो, “९ महिना अघि आमा बित्नुभयो। उहाँको उपचारका लागि ५० लाखभन्दा बढी ऋण लाग्यो, घर-जग्गा, गहना सबै बेच्यौं। त्यो पीडा अझै मनमा छ, अहिले फेरि दाजुको अचानक निधनले झनै ठूलो बज्रपात भएको छ।”
मृतक तामाङका तीन जना साना छोरीहरू छन्। “छोरीहरूले बाबाको काख खोजिरहेका छन्,” भन्दै तिर्थले भावुक हुँदै बताए। अहिले परिवार आर्थिक रूपमा निकै संकटमा परेको भन्दै आफुले सकेको सहयोग गरिदिन उनले सबैमा अनुरोध गरेका छन्।
पीडित परिवारको पीडामा मलम लगाउन चाहनेले तलको क्युआर स्क्यान गरेर सहयोग गर्न सक्नुहुनेछ
प्रतिक्रया दिनुहोस्