कतारमा हरेक हप्ता गुन्जिन्छ पुर्बेली नौमती पन्चेबाजा…..

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- पछिल्लो समय नेपालमै पनि अत्यन्तै कम मात्रामा बजेको सुन्न पाइने नौमती पन्चेबाजा अहिले कतारमा हरेक हप्ता गुन्जिन थालेको छ ।

संखुवासभा समाज कतारले परदेश बाटै भए पनि नेपाली कला, संस्कृती, रितिरिवाज र परम्परा सङ्गै बिस्तारै लोप हुँदै गरेको मौलिक नौमती पन्चेबाजाको संरक्षण साथै जगेर्ना गर्ने उदेश्यले नेपालको पूर्वीय भेगमा बज्ने मौलिक “नौमती पन्चेबाजा” कतार भित्राए पछी हरेक हप्ता जसो विभिन्न संघ संस्थाहरुले आयोजना गर्ने गरेका कार्यक्रमहरुमा नेपालकै झल्को दिने नौमती पन्चेबाजा गुन्जिन थालेको हो ।

नेपाली सङ्गीतमा परम्परागत लोक भाका र तिनै लोक भाकाहरुमा मिठास भर्दै स्वरबद्व भएर गुन्जिने मौलिक बाजाहरु लाई बिर्सेर पश्चिमी सङ्गितलाई बढी महत्त्व दिदै आएको अबस्थामा समाजले लोपोन्मुख मौलिक नौमति पन्चेबाजा लाई प्राथमिकता दिदै गत १० अप्रिल, २०२५ को दिन समाजका संस्थापक तथा संरक्षक पर्शुराम दाहालको उपस्थितिमा सनैया स्थित लाली गुराँस रेस्टुरेन्टको हलमा एक कार्यक्रमको आयोजना गरि नौमती पन्चेबाजा बजाएर औंपचारिक उद्धघाटन गरेको थियो । 

नौमती पन्चेबाजा नेपाली धार्मिक एवं साँस्कृतिक बाजाको रूपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो । यो बाजा विभिन्न धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिन्छ । तर पछिल्लो समय समाज आधुनिकता तिर ढल्दै जादा यो बाजा पनि बिस्तारै लोप हुँदै जान लागेकोले परदेशमै हुँदा पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना गर्नु पर्छ भन्ने उद्देश्यका साथ अनुभवी कलाकारहरु सहित नौमती पन्चेबाजा नेपालबाट कतार भित्र्याएको समाजका महासचिव पदम सिमखडाले बताएका छन ।

नेपाली जनता खबर सङ्ग कुरा गर्दै गर्दा समाजका अध्यक्ष राजेन्द्र खनालले धेरै बाधा अवरोधका बाबजुद पनि निरन्तरको प्रयास र मिहिनेतले नेपालबाट बाजा कतार भित्र्याउन सफल भएको बताए । उनले बाजा कतार आई पुगेको छोटो समयमै धेरै माया गरेर हरेक हप्ता विभिन्न संघ संस्थाले गर्ने कार्यक्रम मार्फत नेपाली दाजुभाइ दिदिबहिनीहरु लाई पन्चेबाजामा मिठा-मिठा पुर्बेली लोक भाकाहरु सुनाउने आवसर दिनु भएको छ, आगामी दिनमा हुने कार्यक्रमहरुमा पनि संखुवासभाली “नौमती पन्चे बाजा” लाई सम्झिएर संखुवासभा समाज कतार सङ्ग निरन्तर रुपमा सहकार्य गर्न दोहामा स्थापित सम्पुर्ण नेपाली संघ संस्थालाई अनुरोध गरेका छन ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार