नेपाली टोली मलेसिया प्रस्थान २४ औं अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा सहभागी हुन १३ सदस्यीय

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ — मलेसियाको क्वालालम्पुरमा असार ५ गतेदेखि सुरु हुने २४ औं अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा सहभागी हुन १३ सदस्यीय नेपाली टोली मलेसिया प्रस्थान गर्दैछ।

टोलीलाई प्रस्थानपूर्व बिदाइ तथा हौसला प्रदान गर्न गोकर्णेश्वर नगरपालिका–८, जोरपाटीस्थित पाँचपोखरी कम्प्लेक्समा पत्रकार सम्मेलन आयोजना गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य शान्ता श्रेष्ठले खेलाडीहरूलाई बिदाइ गर्दै शुभकामना व्यक्त गर्नु भयो। कार्यक्रममा प्रमुख प्रशिक्षक दिर्जमान तामाङ लगायत अन्य विशिष्ट अतिथिहरूले पनि खेलाडीहरूलाई सफलताको शुभकामना दिए।

टोलीको नेतृत्व प्रशिक्षक (कोच) चित्र श्रेष्ठ र अंक ध्वजले गर्नेछन्। टोलीमा टिम म्यानेजर आइते राम थिङ, कोच तथा रेफ्री चित्र प्रसाद श्रेष्ठ, अफिसियल्समा ३ जना तथा ७ जना खेलाडीहरू रहेका छन्। खेलाडीहरूमा तेजबहादुर विश्वकर्मा, अलिल ठोकर, पास्नुरी शेर्पा, इसान डंगोल, सृष्टि श्रेष्ठ, कृष्चाङ्ग मिश्र र दीपक गुरुङ रहेका छन्।

nepalijanatakhabar

समबन्धित समाचार