गायिका रचना रिमालको आन्द्रामा संक्रमण, स्वास्थ्यमा आउँदै छ सुधार ।

वायु प्रधुशन
nepalijanatakhaba

गायिका रचना रिमालको स्वास्थ्य अहिले बिस्तारै सुधार हुँदैछ।

मंगलबार काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएकी उनको अवस्था राम्रो हुँदै गएको छ।

सोमबार उनी सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम पुगेकी थिइन्, तर मंगलबार प्रस्तुति दिने दिन अचानक बिरामी परिन्।

त्यसपछि सेनाको हेलिकप्टरले उनलाई नेपालगन्ज पुगाइयो र मंगलबारै काठमाडौँ ल्याएर ह्याम्स अस्पतालको इमर्जेन्सीमा भर्ना गरियो।

परीक्षण गर्दा उनको आन्द्रामा संक्रमण पाइएको थियो। उनको सानो आन्द्रा सुन्निएको रहेछ। उनका नजिकैका एक व्यक्तिले बताए अनुसार, संक्रमण बढ्न नदिन एन्टिबायोटिक दिइएको छ र उनलाई पानी र तरल खानेकुरा मात्र खान दिइरहेको छ।

स्वास्थ्यमा केही सुधार भएपछि उनलाई इमर्जेन्सीबाट क्याबिन (साधारण वार्ड) मा सारिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार