रामेछाप: रामेछापको बोलङ बोलङमा धारिलो हतियार प्रयोग गरी सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन्।
रामेछाप नगरपालिका–४, हिमगंगा बोलङ बोलङका २९ वर्षीय लव कुमार थापा मगरको हत्या अभियोगमा उनका भिनाजु ५० वर्षीय विनोद कुमार यसमाली पक्राउ परेका हुन्।
जेठ २७ गते लव कुमार थापा मगर आफ्नै घरको कोठामा बसिरहेको बेला हत्या गरिएको थियो। सोही दिन राति, रामेछाप नगरपालिका–५, रामपुर कोलन्जोरघाटबाट विनोद कुमार पक्राउ परेका थिए।
लव कुमार र विनोद आपसमा भिनाजु–सालोको नातामा थिए।
हत्या आरोपमा पक्राउ परेका विनोदलाई रामेछाप जिल्ला अदालतले १० दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिएका छन्।
मृतकको शव पोष्टमार्टमपछि आफन्तहरूले अन्त्येष्टि गरेका छन्।
प्रतिक्रया दिनुहोस्