दोहा, कतार- जीवन विज्ञान कतारले ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने भएको छ ।
जीवन विज्ञान कतारले आगामी शुक्रबार अर्थात २० जुन २०२५ को दिन नेपालबाट आमन्त्रित जीवन विज्ञानका संस्थापक, आध्यात्मिक गुरुद्धय एल पी भानु शर्मा र रमेश नेपालको उपस्थितिमा “योग- आफ्नो भाग्य आफैँ निर्माण गर्ने विज्ञान” विशेष नि:शुल्क एक दिवसीय प्रशिक्षण कार्यक्रमको आयोजना गरि ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागेको हो ।
आयोजकले कार्यक्रम सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरु बनाई तयारीलाई अन्तिम चरणमा पुर्याएको जीवन विज्ञान कतारका संयोजक रामजी खत्रीले जानकारी गराएका छन् । खत्रीले जीवन विज्ञानलाई ऋषि मुनीहरूका ज्ञानको भण्डार मानिने हुँदा कतारवासी सबै नेपालीहरु लाई कार्यक्रममा उपस्थित भई लाभ लिन पनि आग्रह गरेका छन् ।
जीवन विज्ञानले मानव भित्र लुकेर बसेका असीमित प्रतिभा र सम्भावनाहरु लाई सनातन आध्यात्मिक ज्ञान र आधुनिक मनोविज्ञानका नवीन प्रयोगद्वारा मानिसमा दिव्यताको खोजी गर्ने गर्दछ, त्यसै अनुरुप जीवन विज्ञान योग, ध्यान, साधना सहित मनोविज्ञानका गहिरा सूत्रहरूको व्यावहारिक र प्रयोगात्मक अभ्यास गर्ने थलोका रूपमा विकास हुँदै गएको पाइन्छ ।
जीवन विज्ञानको मुख्य उद्देश्य मानिसहरू लाई आध्यात्मिक रूपमा अघि बढ्न र आन्तरिक खुसी र शान्ति पाउन मद्दत गर्नु हो । जीवन विज्ञानले मानिसलाई आध्यात्मिक विकास र प्रेमले भरिएको उज्यालो भविष्य तर्फ हिँडाउन मद्दत गर्दछ भने योग, ध्यान र सजगताले मानिसलाई आफ्नो वास्तविक आत्मा पत्ता लगाउन र आफूमा लुकेको क्षमता उजागर गर्न मद्दत गर्ने गर्दछ ।
आयोजनाका अनुसार कार्यक्रम अल थुमामा रहेको द आर्टियुम हलमा दिउँसो १:०० बजे सुरु भई साँझ ५:०० सकिने समय तालिका रहेको छ ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्