काठमाडौं / पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठक आज बस्न लागेको छ।
आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय सचिव उदय पोखरेलले जानकारी दिए।
बैठकमा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरिरहेको अवरोध र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
प्रतिक्रया दिनुहोस्