भिजिट भिसा प्रकरणलाई लिएर (रास्वपा) र (राप्रपा) एउटै आन्दोलनात्मक धारमा उभिए।

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) एउटै आन्दोलनात्मक धारमा उभिएका छन्।

 

बिहीवारसम्म दुबै पार्टीको विरोधको शैली फरक–फरक थियो। राप्रपाका सांसदहरूले संसदको कार्यसूची बहिष्कार गर्दै आएका थिए भने, रास्वपाका सांसदहरू वेल घेर्ने र नाराबाजी गर्ने शैलीमा उत्रिएका थिए।

 

तर शुक्रबारदेखि रास्वपाले पनि संसद बैठक बहिष्कार थालेसँगै दुबै पार्टीको रणनीति समान देखिएको छ।

 

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरण कुनै एक दलको मात्रै नभइ सबैको साझा मुद्दा भएको बताएका छन्।

उनका अनुसार, “यो समस्या २०६४ सालदेखि चल्दै आएको हो, त्यसैले सबै राजनीतिक दलहरू एकजुट भएर समाधान खोज्नुपर्छ।”

 

शाहीले मानव बेचबिखनजस्तो गम्भीर विषयमा सबै दलले मिलेर आवाज उठाउनु पर्ने बताउँदै, “यो कुनै व्यक्ति वा दलको मात्र कुरा होइन,” भनेका छन्।

 

उनले संसदीय छानबिन समिति गठन नहुँदासम्म संसद बैठक बहिष्कार जारी रहने चेतावनी दिएका थिए। सोही मागमा रास्वपाले पनि साथ दिँदै शुक्रबारदेखि संसद बहिष्कारमा उत्रिएको हो।

nepalijanatakhabar

समबन्धित समाचार