काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो।
नतिजाअनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जिपिए हासिल गरेका छन्। त्यसैगरी, ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना र २.० देखि २.४ जिपिए ल्याउने ४ हजार १२६ जना विद्यार्थी छन्।
१.६ देखि २.० जिपिए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ। यसबाहेक १ लाख ६७ हजार ५९७ जनाको नतिजा अबर्गिकृत रहेको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए।
यस वर्ष १२६ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।
प्रतिक्रया दिनुहोस्