मध्यविन्दु — बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कीवास क्षेत्रमा पर्ने वैकल्पिक मार्गमा खोलामा बाढी आएपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
विनयी त्रिवेणी गाउँपालिका–१ मा मालबाहक सवारीका लागि बनाइएको डाइभर्सन र यात्रुबाहक तथा साना गाडीका लागि प्रयोग भइरहेको भित्री वैकल्पिक सडक दुवै ठाउँमा बाढी आएर अहिले सवारी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।
“अहिले होङ्सी गेट, सर्दी हुँदै ज्यामिरे राजमार्गमा जाने डाइभर्सन र वैकल्पिक बाटोमा पनि सवारी रोकिएको छ र सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ,” उनले भने।
उनका अनुसार लगातारको वर्षाले विनयी त्रिवेणी–३ को खरङ्गे खोलामा पानीको बहाव बढ्दा वैकल्पिक बाटो पनि पूर्ण रूपमा अवरुद्ध भएको हो। “दाउन्ने–दुम्कीवास खण्डमा अहिले कुनै पनि सवारीसाधन आउन–जान सक्ने स्थिति छैन,” ढकालले बताए।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा बनाइएको अस्थायी डाइभर्सन पनि निरन्तरको वर्षाले पानीको बहाव बढेर पटक–पटक बगाउँदै आएको छ।
प्रतिक्रया दिनुहोस्