कतारमा ३७ हजार नगद सहित गुल्मीका पत्रकार सुनार सम्मानित…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- नेपाल मगर संघ, शाखा कतार (केन्द्रिय समिति) द्वारा गुल्मीका पत्रकार दर्शन सुनार सम्मानित भएका छन ।

शुक्रबार सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व एवं नेपाली राजदुतावासका प्रथम सचिव कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यता सम्पन्न संघको १६औं महाधिवेशन तथा २५औं वार्षिकोत्सब कार्यक्रम २०२५ मार्फत संघले आयोजना गरेका हरेक कार्यक्रम तथा गतिविधिहरुमा सञ्चारको माध्यम बाट अतुलनीय योगदान पुर्याएको भनी नगद ३७ हजार नेपाली रुपैयाँ सहित सम्मान पत्रद्वारा पत्रकार सुनार सम्मानित भएका हुन ।

वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेर सामुदायिक पत्रकारिता गरिरहेका सुनारले सम्मान ग्रहण पछि पत्रकारिता मार्फत आफुले निभाउनु पर्ने भुमिकामा थप जिम्मेवारी बढेको र अझै मेहनत गर्ने उर्जा मिलेको बताए भने समाचार लेखन र फोटोग्राफीको मेहनत लाई सम्मान योग्य सम्झेर अविस्मरणीय सम्मान गरेकोमा नेपाल मगर संघ शाखा कतार प्रती कृतज्ञता प्रकट गरे ।

कतारमा स्थापित सामाजिक संस्था गुल्मी सेवा समाज कतारका बर्तमान कार्यसमितीका उपाध्यक्ष समेत रहेका सुनार विगत २ बर्ष देखी पत्रकारीतामा सक्रिय रहेका छन । अनलाइन पोर्टल साझा नेटवर्क डट कम बाट आफ्नो पत्रकारीताको यात्रा सुरु गरेका उनी सौर्यपत्र अन्लाईन हुदै अहिले सिन्धुपाल्चोक बाट प्रकाशित हुने लोकप्रिय राष्ट्रिय दैनिक पत्रिकाको कतार सवांददाताका रुपमा कार्यरत रहेका छन ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार