(एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरले ५औं अधिवेशन आउँदो ६ जुलाईमा भव्य रूपमा गर्ने तयारी गर्दै।

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया : गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया क्षेत्रीय समिति जोहोरले ५औं अधिवेशन आउँदो ६ जुलाई २०२५, आइतबार आयोजना गर्ने भएको छ। कार्यक्रम जोहोरबरूस्थित Tiga Suite, Puteri Harbour मा हुने जानकारी प्राप्त भएको छ।

अधिवेशनलाई सफल र सबैको सहभागिता सुनिश्चित गर्न आयोजक समितिले जोहोर राज्यमा बसोबास गरिरहेका नेपाली व्यवसायी, खेलाडी, समाजसेवी, कलाकार, पत्रकारलगायत सबैलाई निमन्त्रणा पठाएको सचिव छविलाल गिरीले बताएका छन्।

आयोजक समितिका अनुसार, नयाँ कार्य समितिमा आवद्ध हुन चाहने इच्छुकहरूले अनिवार्य रूपमा पञ्जीकृत सदस्यता लिनुपर्नेछ। केवल पञ्जीकृत सदस्यहरूलाई मात्र नयाँ कार्य समितिमा सामेल हुने अधिकार दिइनेछ।

 

अधिवेशनले क्षेत्रीय समितिको नयाँ नेतृत्व चयन गर्नुका साथै स्थानीय नेपाली समुदायसँग सम्बन्धित सामाजिक र आर्थिक विषयमा पनि छलफल गर्नेछ।

यस अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिने भए पनि राष्ट्रिय समन्वय परिषद् मलेसियाबाट अतिथिहरूको उपस्थिति बारे भने अझै खुलाइएको छैन।

 

नेपाली जनता खबर डटकम लाई पनि कार्यक्रममा सहभागी हुन निमन्त्रणा प्राप्त भएको छ।

nepalijanatakhabar

समबन्धित समाचार