निजामती विधेयकमा उठेका विषय छानबिन गर्न सभामुखलाई आग्रह

वायु प्रधुशन
nepalijanatakhaba

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने विषयमा छानबिन गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको जानकारी दिनुभएको छ।

 

सिंहदरबारमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति खतिवडाले भन्नुभयो, “विधेयकको दफा ८२ को (४) पछि (५) को (क) भन्ने नयाँ प्रावधान थपिएको देखिएकाले त्यसको छानबिन गर्न सभामुखलाई अनुरोध गरेका हौं।” समितिले यो दफामा सेवानिवृत्त कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म कुनै संवैधानिक वा कूटनीतिक निकायमा नियुक्ति नपाउने व्यवस्था गरेको थियो।

 

प्रतिनिधिसभाबाट आइतबार पारित भएको संघीय निजामती सेवा विधेयकमा शब्द फेरबदल गर्ने जो कोही भए पनि कारबाही हुनुपर्ने बताउँदै सभापति खतिवडाले छानबिनमा आफू दोषी ठहरिए पनि कारबाही भोग्न तयार रहेको बताउनुभयो। समितिको निर्णय विपरीत विधेयक पेस हुँदा ‘कुलिङ पिरियड’ सम्बन्धी शब्दमा फेरबदल भएको कुरा गम्भीर रूपमा लिएको उहाँको भनाइ छ।

 

“कानुन त संसद्ले नै बनाउँछ, संसद्लाई नै छल्ने प्रयास भए यो कसले गर्यो भन्ने छानबिन गरेर कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो,” सभापति खतिवडाले भन्नुभयो। यही विषय उठेका कारण समितिको आजको बैठक बस्न सकेन।

nepalijanatakhabar

समबन्धित समाचार