१
भा’ को नाता तोडेर के पाईयो र ?,
यो मन मुटू फेडेर के पाईयो र ? ,
मेरो हात समाएर साथ दिन्छु भन्थेउ ,
एक्लै दोबाटोमा छोडेर के पाईयो र ?
२
साँझ पख बहने पवन जस्तै हौ तिमी ,
युद्ध लड्ने जवन जस्तै हौ तिमी ,
हर्षा अनि उमंग छार्दै मेरो जिन्दगीको,
गन्तव्यमा हिड्ने नवन जस्तै हौ तिमी ।।
३
लाउनु माया बेसरी , जिवन भरी यसरी ,
तिमी उत्ता म यत्ता माया लाउँ कसरी ,
मिलाउन थियो त्यो मन संग यो मन ,
नगुमाउनु फेरी रामले सितालाई जसरी ।।
४
मलाई पनि माया गर्ने एउटा परी थियो ,
सवै संग सुम्धुर मिल्ने मैना चरी थियो ,
संगै जिवन बिताउछु भन्थे उनीले,
सिम सिस त्यो दिन साउने झरी थियो ।।
प्रतिक्रया दिनुहोस्