मलाई ‘जसलाई पद दिनुभयो, उसैबाट घाटा हुन्छ’ भन्न थालिएको छ : माधव नेपाल

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै, कसैले प्रमाण देखाए जुनसुकै बलिदान दिन तयार रहेको बताएका छन्।

 

शुक्रबार आलोकनगरस्थित पार्टी कार्यालयमा पार्टीसम्बद्ध विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘‘म कहिल्यै भ्रष्टाचारमा लागिनँ। यदि कोही प्रमाणसहित आउँछ भने जुनसुकै बलिदान दिन पछि पर्दिनँ।’’

 

‘‘नबिराउनु, नडराउनु। यदि केही गलत गरेको छैन भने डराउनुपर्ने कारण छैन। यो धरतीका एउटा मान्छेले पनि प्रमाणसहित आए म तयार छु,’’ अध्यक्ष नेपालले जोड दिए।

 

आफू सधैं विधि र प्रक्रिया अनुसार मात्रै काम गर्ने गरेको पनि उनले बताए।

 

उनका अनुसार आफूले अघि सारेका वा पद दिएका केही व्यक्तिहरूले नै पछि नोक्सान गरिरहेका छन् भन्ने कुरा आफ्ना नजिककाहरूले सुनाउँदै आएको छ।

 

‘‘म कहिल्यै बदलाको भावना राख्दिनँ। सकेसम्म सबैलाई समेटेर अघि बढ्ने प्रयास गर्छु। तर अहिले मलाई भन्छन्– तपाईं मान्छे चिन्न सक्नुहुन्न। जसलाई अघि बढाउनुहुन्छ, जसलाई पद दिनुहुन्छ, त्यही मान्छेले अन्त्यतिर तपाईंलाई घाटा पु-याउँछ। संसारकै चलन यही रहेछ,’’ अध्यक्ष नेपालले भने।

 

त्यस्तै, नेकपा एमाले अहिले गहिरो संकटमा फसेको पनि उनले टिप्पणी गरे। एमालेभित्र बढ्दो अन्तरविरोधका कारण पार्टीकै भविष्यमाथि प्रश्न उठिरहेको उनको भनाइ थियो।

nepalijanatakhabar

समबन्धित समाचार