क्वालालम्पुर: गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–२०२७ कार्यकालका लागि मलाका राज्य समितिको गठन गरिएको छ। आइतबार सम्पन्न उक्त महत्वपूर्ण अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।
मलाकामा बसोबास गर्ने नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागितामा सम्पन्न अधिवेशनले समुदायको हित र विकासका लागि सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नव-निर्वाचित कार्यसमितिलाई एनआरएनए (एनसीसी) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले सपथ गराएका थिए। कार्यक्रममा एनआरएनए मलेसियाका सचिव विष्णु प्रसाद बराल, सदस्य उमेश महतो लगायतको उपस्थिति थियो। कार्यक्रम सञ्चालन स्वयं सचिव बरालले गर्नुभएको थियो।
विभिन्न कारणले केही ढिलो सुरु भए पनि कार्यक्रम निर्धारित समयमै सबै कार्यसूची सम्पन्न गरेर सफलतापूर्वक टुंगिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष महतोले नव-निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै मलाकामा एनआरएनएलाई अझ सक्रिय, ऊर्जाशील र परिणाममुखी बनाउने आग्रह गर्नुभयो। साथै, एनसीसी मलेसियाले नयाँ योजना निर्माण र कार्यान्वयनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
नव-निर्वाचित एनआरएनए मलाका राज्य कार्यसमिति:
अध्यक्ष: अर्जुन लावती (लिम्बू)
वरिष्ठ उपाध्यक्ष: ग्याबिन्द्र राई
उपाध्यक्ष: शिवलाल ढकाल
महिला उपाध्यक्ष: वर्षा राई
सचिव: मनोज दशौँदी
कोषाध्यक्ष: अस्मिता भोलन
सह–सचिव: तोपजङ पाण्डे
सह–कोषाध्यक्ष: सागर राई
युवा संयोजक: झनक बस्नेत
सदस्यहरू: तिर्सना तामाङ, ढकमनी विक, त्रीवत लिम्बू, समिन तामाङ, सफर मोक्तान, पुर्व तामाङ, मान तामाङ र अजय धामी
नव-निर्वाचित समितिलाई एनसीसी मलेसियाले आउँदो २७ जुलाईमा क्वालालम्पुरमा आयोजना हुने ११औँ अधिवेशनमा विशेष सम्मान गर्ने तयारी गरेको छ।
मलाका राज्य कार्यसमितिले चाँडै नै आफ्नो कार्ययोजना सार्वजनिक गर्ने र मलाका क्षेत्रमा रहेका नेपालीहरूको समस्या समाधान, हक–हितको संरक्षण तथा नेपाली कला, संस्कृति र पहिचानको प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रया दिनुहोस्