काठमाण्डौ: वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा आफ्नो कार्यकालका उपलब्धि सार्वजनिक गरेका छन्।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको वन तथा वातावरणमन्त्रीको रुपमा कार्यभार सम्हालेयता भएका प्रमुख कामहरूको विवरण सुनाए।
एक वर्षको अवधिमा देश र वन क्षेत्रको सन्तुलित विकासमा मन्त्रालय सफल भएको उनको दाबी छ। हरित अर्थतन्त्रलाई प्रोत्साहन गर्दै कानुनी सुधारसमेत गरिएको उनले बताए।
‘देशलाई काठ उत्पादनमा आत्मनिर्भर बनाउन ध्यान दिइरहेका छौं,’ मन्त्री शाहीले भने, ‘वनभित्रका सुकेका र कुहिएका काठ उपयोग गरेर वन क्षेत्र सफा राख्ने र काठको उत्पादन बढाउने लक्ष्य छ। यसै वर्ष मात्र ४१ हजार जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भयौं।’
उनका अनुसार कार्बन व्यापारको क्षेत्रमा पनि ऐतिहासिक सफलता हासिल भएको छ। मन्त्रालय वन व्यवस्थापन र संरक्षणमा पूर्ण प्रतिबद्ध रहेको भन्दै उनले सम्भावित कार्बन व्यापारका लागि खाका पनि तयार भइसकेको जानकारी दिए। परियोजना विकास र वित्त भित्र्याउन समेत पहल भइरहेको उनले बताए। (यो समाचार नेपालखबरमा प्रकाशित छ)
प्रतिक्रया दिनुहोस्