रोल्पाली सेवा समाज शाखा कतारले तीन दिनमै नेपाल पठायो याम बहादुरको शव…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- रोल्पाली सेवा समाज कतारले नेपाली राजदूतावास सङ्गको समन्वयमा मृत्यु भएको तीन दिनमै मृतकको पार्थिव शरीर नेपाल पठाउन सफल भएको छ।

रोल्पा जिल्लाको साविक गैरिगाउँ -५ र हाल दाङको साँडियार -३ निवासी याम बहादुर पुनको गत १२ जुलाई २०२५ को दिन कतारको रसलापान भन्ने ठाउँमा आफ्नै कोठामा सुतेकै अवस्थामा मृत्यु भएको र हमाद हस्पिटल (मेडिकल काउन्सिल) को रिपोर्ट अनुसार उच्च रक्तचापको कारण मुटु फुटेर मृत्यु भएको पुष्टि भए पछि समाजले उनी कार्यरत कम्पनी र नेपाली राजदुतावास सङ्ग आवश्यक प्रक्रियामा समन्वय गरि १५ जुलाई २०२५ को दिन हिमालय एयरलाइन्स मार्फत समाजका सक्रिय सदस्य कृष्ण विष्टको साथमा शव नेपाल पठाइएको थियो ।

कतारको गल्फ एसिया कम्पनीमा स्काइफोल्डिङ काममा कार्यरत पुनको मृत्यु भएको छोटो समयमै शव नेपाल पठाउन कतारबाट समाज शाखाका अध्यक्ष गोपाल डाँगी, महासचिव केशर खनाल, सक्रिय सदस्यद्वय कमल विष्ट, कृष्ण विष्ट र रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष डिलाराम ओली लगायतका टिमले जिम्मेवारी पुर्वक ठुलो भुमिका खेलेका थिए भने अध्यक्ष डाँगी विरामी हुँदा पनि आफै नेपाली राजदुतावास पुगेर सहज रुपमा आवश्यक प्रक्रियाको लागि समन्वय गरेका थिए ।

त्यस्तै नेपालमा पुनको शव बुझ्न भाइ खिम बहादुर पुन र काका खुल प्रसाद पुन काठमाडौ आएका थिए भने उनको गत बिहिवार अर्थात १९ जुलाई २०२५ कै दिन घोराही- ६ लखुवार स्थित बबई घाटमा रोल्पाली सेवा समाज रोल्पाको केन्द्रिय समिति, दाङ शाखाका प्रतिनिधी, विभिन्न समाजसेवी, राजनीतिक तथा सम्माननिय व्यक्तिहरुको उपस्थितिमा अन्त्येष्टि गरि सकिएको अध्यक्ष डाँगीले नेपाली जनता खबरलाई जानकारी गराएका छन ।

रोल्पाली सेवा समाजको सक्रिय सदस्य रहेका पुनको शव नेपाल पठाउनको लागि सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै अध्यक्ष डाँगीले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रती हार्दिक समवेदना प्रकट गरेका छन ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार