दोहा,कतार- वैदेशिक रोजगारीको सिलसिलामा कतारमा दुई दशक बिताउदै गर्दा नेपाली पत्रकारितामा पनि सक्रिय रूपमा कलम चलाउँदै आएका म्याग्दीका पत्रकार तिलु शर्मा पौडेल शुक्रबार कतारमा सम्मानित भएका छन् ।
पौडेललाई नवोदित साहित्यिक वाचनालय कतारले आफ्नो १७औं अधिवेशन, ११२औं भानु जयन्ती, नवोदित कृति अवार्ड र साहित्यकार शोभाराम ओलिद्वारा लिखित कृति अटेलिस जोईको विमोचन सहित अनेसास नवोदितको १६०औं वाचन डबली कार्यक्रमको अवसर पारी “नवोदित पत्रकार सम्मान” द्वारा सम्मान गरेको हो ।
वाचनालयका भूतपूर्व महासचिव तथा आजीवन सदस्य समेत रहेका पौडेललाई संस्थाले आयोजना गरेका हरेक गतिविधिलाई सञ्चारको माध्यम मार्फत संसारभर पुर्याउन अतुलनीय योगदान गरेको भन्दै दोसल्ला ओढाएर सम्मान गरेको हो भने सम्मान पश्चात् पौडेलले आफूलाई सम्मान गर्ने संस्थाका सम्पूर्ण कार्यसमिति पदाधिकारी प्रति आभार व्यक्त गर्दै यो सम्मानले पत्रकारितामा दरिलो भएर कलम चलाउन थप ऊर्जा र हौसला मिलेको बताए ।
म्याग्दीको बेनीबाट प्रकाशित हुने स्थानीय अनलाइन मार्फत आफ्नो पत्रकारिताको सुरुवात गरेका पौडेल हाल काठमान्डौबाट प्रकाशित हुने मध्यान्ह राष्ट्रिय दैनिक पत्रिकामा आबद्ध छन् । पत्रकार पौडेल कतारबाट सामुदायिक पत्रकारिता सङ्गै नेपाली श्रमजीवी मजदुरहरुका समस्याको विषयमा ससक्त रूपमा कलम चलाउने अग्रपङ्क्तिका पत्रकारको रूपमा चिनिन्छन् ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्