तत्काल युद्धविराम’ घोषणा भए पनि सिरियामा झडप जारी, ९०० भन्दा बढीको ज्यान गयो।

वायु प्रधुशन
nepalijanatakhaba

दमास्कस – सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल–शाराले ‘तत्काल युद्धविराम’को घोषणा गरे पनि देशको दक्षिणी क्षेत्रमा साम्प्रदायिक हिंसा रोकिएको छैन। अल्पसंख्यक ड्रुज र घुमन्ते समुदायबीच एक सातादेखि जारी तनाव अझै उस्तै छ।

 

दुवै पक्षले एकअर्कामाथि हिंसा र ज्यादतीको आरोप लगाइरहेका छन्। राष्ट्रपति अल–शाराले अवस्था नियन्त्रणमा लिन सरकारी सेना खटाए पनि ती सेनामाथि नै ड्रुज समुदायमाथि भएको आक्रमणमा संलग्न भएको आरोप लागेको छ।

 

हालसम्म ९०० भन्दा बढीको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इजरायलले भने ड्रुज समुदायको सुरक्षाका लागि भन्दै दमास्कसमा रहेको सिरियाली रक्षा मन्त्रालय र सरकारी सैन्य संरचनामाथि आक्रमण गरिरहेको दाबी गरेको छ।यो समाचार रातोपाटीमा प्रकाशित भएको हो

nepalijanatakhabar

समबन्धित समाचार