मलेसिया । मलेसियास्थित नेपाली दूतावासले कुनै पनि श्रमिकलाई दूतावासबाट मागपत्र प्रमाणीकरण नगरी अवैधानिक बाटोबाट मलेसिया नपठाउन मेनपावर कम्पनीहरूलाई कडा चेतावनी दिएको छ।
दूतावासले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति अनिवार्य रहेको भन्दै, श्रम स्वीकृति प्राप्त नगरी मलेसिया जाने प्रयास नगर्न आम नागरिकलाई पनि सतर्क रहन आग्रह गरेको छ।
साथै, मलेसियाका कम्पनीहरूको झूटा आश्वासन र मेनपावर एजेन्टहरूको प्रलोभनमा नपर्नसमेत दूतावासले सबैलाई सचेत गराएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस्ता प्रलोभनमा परी मलेसिया पुगेका धेरै नेपालीहरूले दुःख पाउँदै आएका छन्, त्यसैले दूतावासले पुनः सबैको ध्यानाकर्षण गराएको हो। पूरा विज्ञप्ति पढ्नुहोस्
प्रतिक्रया दिनुहोस्