एनआरएन अध्यक्ष पदका उम्मेदवार राजु तमाङद्वारा मलेसियामा निधन भएका नेपालीको शव स्वदेश फिर्ता

वायु प्रधुशन
nepalijanatakhaba

क्वालालम्पुर: बाँके जिल्ला, बैजनाथ गाउँपालिका–६ का ३२ वर्षीय लालबहादुर केसीको मलेसियामा निधन भएको छ। लामो समयदेखि अवैधानिक रूपमा काम गर्दै आएका उनी एक दिन साथीको कोठामा गएका बेला अचानक छाती दुखेको बताएपछि साथीहरूको सहयोगमा अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भयो।

 

अस्पतालमा मृत्यु भएपछि शव व्यवस्थापनमा समस्या देखिएको थियो। यस्तो अवस्थामा मलेसियामा व्यवसाय गर्दै आएका युवा समाजसेवी तथा एनआरएन मलेसिया अध्यक्ष पदका उम्मेदवार राजु तमाङले उपचार खर्चसहित शव स्वदेश पठाउने जिम्मा लिएका छन्।

 

गत सोमबार क्वालालम्पुरस्थित अस्पतालले लालबहादुरलाई मृत घोषणा गरेपछि परिवार र साथीहरू मार्फत खबर पाएका तमाङले कुनै पनि नेपालीको विदेशी भूमिमा मृत्यु हुनु दुखद विषय भएको बताउँदै, परिवारलाई शव नपुग्दासम्म पीडा झन बढ्ने भएकाले आफैले शव पठाउने निर्णय लिएको बताए।

 

राजु तमाङले मलेसियामा विभिन्न सामाजिक कार्यमार्फत सकारात्मक छवि बनाएका छन्। उनले नेपालीहरूलाई समस्या पर्दा सदैव सहयोग गर्न तयार रहेको बताउँदै, शव स्वदेश फिर्ता प्रक्रियामा साथ दिने नेपाली दूतावास र सबै सहयोगीप्रति आभार व्यक्त गरेका छन्।

 

उनका अनुसार मृतक केसीको शव परम्परागत दाहसंस्कारका लागि भोलि नै नेपाल पठाइने छ।

nepalijanatakhabar

समबन्धित समाचार