एनआरएनए मलेसियाको महासचिवमा विष्णु प्रसाद बरालको उम्मेदवारी

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया: गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मलेसियाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि हुने नवौं महाधिवेशन जुलाई २७ तारिखमा हुने निश्चित भएपछि विष्णु प्रसाद बरालले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

 

अघिल्लो कार्यकालमा सचिवको जिम्मेवारी सम्हालेका बरालले यसपटक महासचिवका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। लामो समयदेखि मलेसियामा श्रमिकका हकहित र सहयोगमा सक्रिय बराल सामान्य श्रमिकका रूपमा मलाका राज्यमा कार्यरत छन्।

आफै श्रमिकको हैसियतमा रहेर श्रमिकका समस्या नजिकबाट बुझेको कारण आफू नेतृत्वमा पुग्न सक्षम रहेको बरालको भनाइ छ। उनले नेपाली जनता खबर डट कमसँग कुरा गर्दै श्रमिकको आवाज बुलन्द बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।

उनको घोषणा पत्र यस्तो छ 

 

 

nepalijanatakhabar

समबन्धित समाचार