नेपाली व्यवसायी बाल्ध्वज लिम्बू मलेसियामा ‘Top Business Entrepreneurs Indian Community’ बाट सम्मानित

वायु प्रधुशन
nepalijanatakhaba

मलेसियामा लामो समयदेखि व्यवसाय र सेवाक्षेत्रमा सक्रिय नेपाली व्यवसायी बाल्ध्वज लिम्बू ‘Top Business Entrepreneurs Indian Community’ बाट सम्मानित भएका छन्।

 

मलेसियाको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका लिम्बूलाई हरेक वर्ष प्रदान गरिने उक्त प्रतिष्ठित सम्मान यस वर्ष प्रदान गरिएको हो। निरन्तर व्यवसायिक सफलतासँगै उनले मलेसियास्थित नेपाली समुदायको गरिमा पनि बढाएका छन्।

 

सम्मान समारोहमा विभिन्न देशका प्रतिष्ठित व्यवसायी, कूटनीतिज्ञ र समाजसेवीहरूको उपस्थिति रहेको थियो। सम्मान ग्रहण गर्दै लिम्बूले यो सम्मानले आफूमा थप जिम्मेवारी बढाएको महसुस भएको प्रतिक्रिया दिए।

nepalijanatakhabar

समबन्धित समाचार