मलेसिया: मलेसियामा सक्रिय नेपाली समाजका अध्यक्ष विनोद कुमार यादव जनता समाजवादी पार्टी, नेपालद्वारा प्रवास विशेष प्रदेश समितिको सदस्य पदमा मनोनीत भएका छन्।
लामो समयदेखि मलेसियामा रहेका यादव नेपाली समुदायको हक–अधिकार, पहिचान संरक्षण र सामाजिक एकताको क्षेत्रमा निरन्तर सक्रिय एक प्रतिबद्ध अभियन्ता हुन्। पार्टीले उनको प्रवासी अनुभव र नेतृत्व क्षमतालाई संस्थागत रूपमा उपयोग गर्ने उद्देश्यसहित यो मनोनयन गरेको स्पष्ट देखिन्छ।
मनोनयनप्रति प्रतिक्रिया दिँदै यादवले भने:
पार्टीले गरेको विश्वासप्रति आभारी छु। यो जिम्मेवारी कागजमा मात्रै होइन, काममा पनि देखिनेछ। म प्रवासी नेपालीको आवाज बन्न तयार छु।”
उक्त नियुक्तिलाई मलेसियामा रहेका नेपाली समुदायले गर्वका साथ स्वागत गरेका छन्।
प्रतिक्रया दिनुहोस्