मलेसिया: रोजगारीका लागि वि.सं. २०६८ सालमा मलेसिया गएका सुनसरीको बाराहक्षेत्र नगरपालिका–९ निवासी रामकुमार लिम्बू विगत पाँच वर्षदेखि सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार रामकुमारले मलेसिया पुगेको केही वर्षसम्म घरमा फोन र अन्य सञ्चार माध्यममार्फत नियमित सम्पर्क राखिरहनु हुन्थ्यो। तर वि.सं. २०७७ यता उहाँसँग कुनै सम्पर्क स्थापित हुन सकेको छैन। त्यसयता उहाँ न त परिवार, न आफन्त, न त साथीभाइहरूसँग नै सम्पर्कमा रहनुभएको छ।
छोरा सम्पर्कविहीन भएको लामो समय बितिसक्दा पनि केही अत्तोपत्तो नलागेपछि रामकुमारका पिता श्याम बहादुर लिम्बूले मलेसियास्थित नेपाली दूतावासमा निवेदन दिँदै खोजीमा सहयोग गर्न अनुरोध गर्नुभएको छ। छोराको अवस्थाबारे केही थाहा नपाउँदा परिवार निकै चिन्तित र मानसिक तनावमा रहेको जनाइएको छ।
रामकुमार लिम्बूबारे जानकारी भए तुरुन्त सम्पर्क गर्न आग्रह
यदि तपाईं रामकुमार लिम्बूको अवस्थाबारे केही जानकारीमा हुनुहुन्छ वा उहाँसँग सम्पर्कमा पर्नुभएको छ भने, कृपया तल दिइएका नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न परिवारले अपिल गरेको छ:
📞 ९८१८२०८७५७
📞 ९८१५३२९४७७
कृपया सानो जानकारीले पनि परिवारलाई ठूलो राहत मिल्न सक्छ।
प्रतिक्रया दिनुहोस्