दोहा,कतार– कास्की आदर्श समाज कतारले गत शुक्रबार अर्थात २५ जुलाई २०२५ को दिन आफ्नो २३औँ स्थापना दिवस मनाएको छ ।
दोहको मुन्ताजा पार्क स्थित गोर्खाली रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष अग्निधर देवकोटाको सभपतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष नन्दलाल बिश्वकर्मा (अजय) को प्रमुख आतिथ्यामा केक काटी एक आपसमा शुभकामना आदन प्रदान गरि २३औं स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा संस्थाका संरक्षक संयोजक, संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारहरु, गण्डकी प्रदेश भित्रका जिल्ला संस्थाका अध्यक्ष तथा प्रतिनिधि, शाखा सस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजका आजिवन, साधरण तथा मानार्थ सदस्यहरुको साथै कस्केली तथा गैर कस्केली नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कास्की आदर्श समाज कतारमा सन्- २६ जुलाई २००२ मा स्थापना भएको पुरानो जिल्ला संस्थाको रुपमा परिचीत सामाजिक सस्था हो । संस्थाले स्थापना कालदेखि नै कतारमा मात्र नभएर नेपालमा आफ्नो गृह जिल्लामा समेत थुप्रै सामाजिक तथा मानवीय कार्यहरु गर्दै आएको छ ।
सचिव केदार भण्डारीले सहजीकरण गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष अमृत बिश्वकर्माले संस्थाका संस्थापकहरु, विभिन्न समयमा संस्थालाई नेतृत्व गरि यो अवस्था सम्म ल्याउन सहयोग गर्ने अध्यक्षहरुलाई सम्मान तथा धन्यवाद व्यक्त गर्दै संस्थाले कतार अनि नेपालमा पछिल्लो क्रममा गरेका सामाजिक तथा मानवीय कार्यहरुको जानकारी सहित कतारमा रहनु भएका सम्पूर्ण कस्केली दाजुभाई तथा दिदिबहिनी हरुलाई संस्थामा आवद्ध हुन अनुरोध गर्दै स्वागत मन्तव्य राखेका थिए भने संरक्षक रेशम बस्नेतले पोखरा आसपासका प्रसिद्ध स्थानहरुको बारेमा बर्णन गर्दै स्वागत गित प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश भित्रका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका सल्लाहकार प्रकाश बिश्वकर्मा, प्रमुख सल्लाहकार सुरज रानाभाट, संरक्षक मन प्रसाद राना मगर, आश बहादुर गुरुङ, संरक्षक संयोजक बिमल सुबेदी, संस्थापक धुर्वराज अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा रेशम बस्नेत, महेश तामङ, रामचन्द्र सुनारले मौलिक बाजाहरु सहित मीठो मौलिक भाकामा सस्कृतिक प्रस्तुति राखेका थिय । सस्थामा आबद्ध हुन चाहाने कस्केली किरण ढकाल क्षेत्री, गणेश देवकोटा, अजय बिश्वकर्मा, बिष्णु देवकोटा र लक्ष्यमण देवकोटालाई सस्थामा स्वागत गर्दै सस्थाको आजिबन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिलाई माया चिनो सहित नेपाली ढाकाटोपीले सम्मान गरियको थियो। कार्यक्रममा बोल्ने क्रममै प्रमुख अतिथि बिश्वकर्माले गण्डकी प्रदेशको राजधानी कास्की जिल्लाको पोखरा भएको र कास्की आदर्श समाज गण्डकी प्रदेशका जिल्ला संस्थाहरु मध्य जेठो संस्था पनि भएकोले यो संस्थाको गरिमा उच्च रहेको भन्दै गण्डकी प्रदेशका सम्पूर्ण जिल्ला संस्थाहरुलाई अभिवाकत्व ग्रहण गरेर आगडी बढिरहेको बताए । बिश्वकर्माले गण्डकी प्रदेश समन्वय परिषद कतारलाई कतारमा मात्र नभएर नेपालमा पनि सामाजिक मानवीय कार्यहरू सम्पादन गर्न सहज भएको बताउँदै संस्थाको अझै उन्नति प्रगतिको कामना गरे भने गण्डकी प्रदेश भित्रका कुनै पनि जिल्ला संस्थाहरुले गर्ने सामाजिक अनि मानवीय कार्यहरुमा गण्डकी प्रदेश समन्वय परिषद् कतार संधै सहकार्यका लागि तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
अन्तमा कास्की आदर्श समाज कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति अग्निधर देवकोटाले उपस्थित सबैलाई कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने कार्यसमिति, आर्थिक, नैतिक, भौतिक रूपमा सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए। देवकोटाले सस्थाको आजिबन सदस्यता लिने सदस्यहरुलाई स्वागत गर्दै संस्था स्थापना गर्ने सस्थापकहरुलाई सम्झना सम्झिदै कार्यक्रमको समापन गरेका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रया दिनुहोस्