साहुको ऋणको भारी बोकेर मलेसिया आएका विष्णु प्रसाद बराल आज एनआरएनए मलेसियाको महासचिवमा चयन।

वायु प्रधुशन
nepalijanatakhaba

जोहोर मलेसिया – गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको महासचिव पदमा विष्णु प्रसाद बराल सर्वसम्मत रूपमा चयन भएका छन्।

कालिकोट जिल्लाको रास्कोट नगरपालिका–८ स्थित एक सामान्य कृषक परिवारमा जन्मिएका बराल लामो समयदेखि मलेसियामा रहँदै सामाजिक सेवामा सक्रिय छन्। विशेषगरी दुःखी, पीडित र श्रमिक वर्गका लागि उहाँ सधैं एक भरोसायोग्य सहारा बन्नुभएको छ।

एनआरएनए मलेसियाले आगामी कार्यकाल (२०२५–२०२७) का लागि २७ जुलाई आइतबार सम्पन्न नवौं अधिवेशनपछि महासचिवको जिम्मेवारी पाएका बरालले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन आफू तयार रहेको जानकारी नेपाली जनता खबर डट कम लाई दिनुभयो।

अभावमै हुर्किएको आत्मबल
विष्णु प्रसाद बरालको जीवन कुनै काल्पनिक प्रेरणादायी कथा होइन—यो त साँचो संघर्ष, त्याग र अडानको सार हो। बाल्यकाल अभावमा बित्यो। बिहान टिफिन विना विद्यालय हिँड्नु, अध्यारो कोठामा बिनाबत्ती पढ्नु, पुराना लुगा लगाएर आत्मसम्मान जोगाउनु—यी उहाँका बाल्यकालका सामान्य दृश्यहरू थिए।

शिक्षाको सपना बोके पनि घरको आर्थिक अवस्थाले पढाइलाई निरन्तरता दिन सक्दैनथ्यो। जब सपनाहरू झिमिकझिमिक गर्दै निभ्न थाले, उहाँले परदेश जाने कठोर निर्णय लिनुभयो। साहुसँग ऋण लिएर, अनेक आशा र चिन्ताको भारी काँधमा बोकेर मलेसियाको यात्रा सुरु गर्नुभयो।
परदेशी भूमिमा संघर्ष र सेवा

मलेसिया आएको सुरुवात सरल थिएन। कडा परिश्रम, न्यून तलब, घरको याद, एक्लोपन—यी सबै दिनचर्याको हिस्सा बने। तर विष्णु बराल हार मान्नेहरूमा पर्नुहुन्न। पीडालाई शक्ति बनाउँदै, उहाँ मलेसियामा रहेका नेपालीहरूका हक–हितको लागि समर्पित बन्नुभयो।

सन् २०१३ मा एनआरएनएको सदस्यता लिएर सामाजिक अभियान सुरु गर्नुभएका बरालले एकपछि अर्को जिम्मेवारी सम्हाल्दै अगाडि बढ्नुभयो।
२०१९–२०२१ : केन्द्रीय सदस्य
२०२१–२०२३ : पुनः सदस्य
२०२३–२०२५ : सचिव
२०२५–२०२७ : महासचिव (हाल)
यो यात्रा उहाँको व्यक्तिगत जित मात्र होइन, सबै संघर्षशील नेपालीहरूको प्रेरणाको स्रोत पनि हो।

बराल : श्रमिक आवाजका प्रतिनिधि
आज विष्णु प्रसाद बराल श्रमिक वर्गको आवाज मात्र होइन, परदेशमा थिचिएका सपनाहरूका प्रतिनिधि पनि हुनुहुन्छ। उहाँको जीवनले हामी सबैलाई एउटा सन्देश दिन्छ:

> “जहाँ अभाव हुन्छ, त्यहाँ संघर्षको बीउ उम्रन्छ। र जहाँ संघर्ष हुन्छ, त्यहाँ सफलता अंकुराउँछ।”

बरालको यो सफलताको यात्राले अनगिन्ती परदेशी नेपालीलाई आत्मबल र प्रेरणा दिने विश्वास लिइएको छ।

nepalijanatakhabar

समबन्धित समाचार