एनआरएनए युएईका महासचिव वाग्ले निलम्बनमा

वायु प्रधुशन
nepalijanatakhaba

युएई : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युएईका महासचिव भुवन कुमार वाग्लेलाई पदबाट निलम्बन गरिएको छ।

संघले एक विज्ञप्ति जारी गर्दै २०८२ साउन १४ गते (३० जुलाई २०२५) भर्चुअल माध्यमबाट सम्पन्न कार्यसमितिको बैठकको निर्णयअनुसार महासचिव वाग्लेलाई संगठनका सम्पूर्ण जिम्मेवारी, पद र अधिकारबाट पूर्ण रूपमा मुक्त गरिएको जनाएको हो।

अध्यक्ष विकास शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा वाग्लेमाथि संगठनको नीति, आचारसंहिता, मर्यादा र जिम्मेवारीमा गम्भीर लापरवाही गरेको, अनुशासनहीन गतिविधिमा संलग्न भएको र सामाजिक सद्भाव विथोल्ने अभद्र भाषा प्रयोग गरेको आरोप लगाइएको छ। साथै, संगठनविरुद्धका गतिविधिमा सक्रिय भूमिका खेलेको र सहकार्य नगरेको जनाइएको छ।

निलम्बनको केही दिन अघि, वाग्लेले आउँदो २४ अगस्ट २०२५ मा हुने अधिवेशनका लागि ६ बुँदे प्रतिवद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए।

nepalijanatakhabar

समबन्धित समाचार