मलेसिया जोहोर: गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसिया गुटबन्दीमा फसेको छ। आगामी कार्यकाल (२०२५–२०२७)का लागि अधिवेशन गर्ने विषयमा सहमति जुटे पनि त्यसपछि विवाद चुलिँदै जाँदा संघ अहिले दुई भागमा विभाजित भएको छ।
२० जुलाई २०२५ मा क्वालालम्पुरस्थित ग्रान्ड कन्टिनेन्टल होटलमा बसेको भेलाले ३०–३१ अगस्टमा अधिवेशन गर्ने सहमति गरेको थियो। तर, त्यही सहमतिपछि राकेश प्रसाद महतो नेतृत्वको समूहले सहमतिमा हस्ताक्षर गरे पनि विधानविपरीत भन्दै २७ जुलाई आइतबारको दिन एकतर्फी रूपमा नवौँ अधिवेशन सम्पन्न गरिसकेको छ।
यस विषयमा टीकाराम अधिकारीले नेपाली जनता खबर डटकम सँग कुरा गर्दै भने, “हामी मिलेरै अघि बढ्ने सहमतिमा थियौं, तर उहाँहरूले आफैले गरेको सहमति तोडेर एकलौटी बाटो रोज्नुभयो। मिडियाले पनि एकपक्षीय समाचार मात्र प्रकाशन गरेकोमा गुनासो छ। हामी निष्पक्ष र सबै पक्षको आवाज समेटिने समाचारको अपेक्षा गर्छौं।”
विगत कार्यकालमा महतोले महासचिवविनै संस्था सञ्चालन गरिएको थियो, महासचिव अधिकारीले कार्यवाहक अध्यक्षको भरमा काम अगाडि बढाइएको थियो जसमा दुवै पक्षको आ–आफ्नै दाबी छ।
टीकाराम अधिकारी समूहले ३०–३१ अगस्टमा अधिवेशन गर्ने तयारी गरिरहेको जनाएको छ। यसबाट स्पष्ट हुन्छ कि श्रमिकको हकहितको नारा बोकेको संस्थामा अहिले प्रतिस्पर्धा दुईवटा मोडमा गइरहेको छ – पहिलो, श्रमिकको मुद्दामा अग्रसर देखिने होडबाजी; दोस्रो, एक पक्षले अर्कोलाई कमजोर देखाएर सशक्त बन्ने रणनीति।
राकेश महतो पक्षको अधिवेशन सम्पन्न हुनु अघि पूर्व अध्यक्ष विनोद थापा सँग प्रतिक्रिया लिइएको थियो। थापाले भने, “एक दिनअघि मात्रै सहमति गरेर हस्ताक्षर गर्नुभएको थियो, तर १२ घण्टा नपुग्दै धारणा परिवर्तन गर्नुभयो। त्यसबेला विधानको कुरा किन नआएको? सहमतिपछि बल्ल विधान सम्झनु, कत्तिको जायज हो यो थापाको प्रश्न थियाे।
प्रतिक्रया दिनुहोस्