सवारी लाइसेन्सको अवधि थपियो अब देखि ५ वर्षबाट बढाएर १० वर्ष।

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं: अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) ५ वर्ष होइन, १० वर्षका लागि मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐनहरू संशोधन गर्दै लाइसेन्सको अवधि दोब्बर बनाएको हो।

सरकारले सार्वजनिक गरेको राजपत्रअनुसार, सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५४(३) मा संशोधन गर्दै अबदेखि सवारी लाइसेन्स १० वर्षसम्म मान्य हुने व्यवस्था गरिएको छ। यसअघि यो अवधि ५ वर्ष मात्र थियो।

नयाँ व्यवस्थाअनुसार लाइसेन्स नवीकरण गरेपछि पनि १० वर्षकै लागि मान्य हुनेछ। साथै, अब सवारी जाँचपास र प्रदूषण परीक्षणको काममा निजी क्षेत्रलाई पनि सहभागी गराइने उल्लेख छ।

nepalijanatakhabar

समबन्धित समाचार