दोहा, कतार- गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले कतारको राष्ट्रिय मानवअधिकार आयोग सङ्गको “भेटघाट तथा परिचयात्मक कार्यक्रम” सम्पन्न गरेको छ।
मगंलबार दिउँसो राष्ट्रिय मानवअधिकार आयोग कतारको सचेतना तथा योजना विभागका प्रमुख अबु सालिम हमद अल हाजीरी सँग एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको नेतृत्वमा रहेको टिम पुगेर भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । उक्त टिमलाई राष्ट्रिय मानवअधिकार आयोगमा नेपाली समाज प्रतिनिधि एवं कानुनी परामर्शदाता प्रो मोहम्मद रमजान अलि मियाले खादा सहित स्वागत गर्नु भएको थियो ।
हाजिरीले गैर आवासीय नेपाली सङ्ग राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ति भएकोमा पन्थीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो । उहाँले पन्थीले विगतका वर्षहरूमा गरेका अत्यन्तै सकारात्मक कामहरुको स्मरण गर्दै आफुले नेतृत्व लिएको कार्यकालमा अरु थप राम्रा कामहरु गर्न आग्रह समेत गर्नु भयो ।
गत वर्षको पवित्र महिना रमदानमा एन.एच.आर.सी द्वारा आयोजना गरिएको कम्युनिटी लिग फुटबल प्रतियोगितामा गैर आवासीय नेपाली संघ कतारले खेलेको भूमिकाको प्रशंसा गर्दै यस वर्ष पनि पहिलेको भन्दा व्यवस्थित र उच्च स्तरको खेल आयोजनामा
गैर आवासीय नेपाली संघलाई सहभागिताको लागि अपिल गर्दै एन.एच.आर.सी ले आयोजना गरेका हरेक कार्यक्रममा एनआरएन एनसिसी कतारलाई सहकर्मीको रुपमा समावेश गराउने र नेपाली भाषामा विभिन्न पम्प्लेटहरु तयार गरी कतारमा रहेका नेपाली श्रमिक तथा आम नेपालीहरूलाई सुसूचित गराउन आयोगले एनआरएन एनसिसी कतारको सहयोगको अपेक्षा गरेको समेत हाजिरीले बताउनु भयो ।
हाजिरीले थप बोल्दै छिट्टै नै श्रमिक अधिकार सम्बन्धी गोजी पुस्तिका नेपाली समाजलाई हस्तान्तरण गर्ने महत्त्वपूर्ण जानकारी गराउँदै आगामी शुक्रवार औद्योगिक क्षेत्र सनैया स्थित ग्रान्ड मलको क्रिकेट स्टेडियममा हुने “कानुनी क्लिनिक” संवाद कार्यक्रममा सहभागी हुन निमन्त्रणा गर्नु भएको छ भने राष्ट्रिय मानवअधिकार आयोग कतारको हरेक कार्यक्रम र अभियानमा एनसिसी कतारको अत्यन्तै सशक्त भूमिका रहने विश्वास व्यक्त गर्दै नेपाली समुदायले विगतमा पनि समाजको हितमा उत्कृष्ट कार्य गरेकोमा प्रशंसा समेत गर्नु भएको थियो ।
भेटघाट तथा परिचयात्मक कार्यक्रममै गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आफ्नो अवार्नेस, सचेतना र कार्य योजना हस्तान्तरण गर्दै गैर आवासीय नेपाली संघ एनसिसी कतारका नव निर्वाचित अध्यक्ष पन्थीको नेतृत्वमा रहेको टिमले तयार पारेको कार्य योजना अध्यक्ष र महासचिव द्वारा हस्ताक्षरित कार्य योजना पत्र समेत बुझाइएको थियो ।
उक्त महत्त्वपूर्ण भेटघाट कार्यक्रममा एन.एच.आर.सी स्थित नेपाली कम्युनिटी विभागका हमिउद्विन मुसलमान सहित एनसिसी कतारका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो । एन.एच.आर.सी मा प्रतिनिधित्व गर्ने विभिन्न समुदायका प्रमुख तथा प्रतिनिधिहरुलाई पनि अध्यक्ष पन्थी र टोलीले भेट गरी परिचय गरेको थियो भने युक्त कार्यक्रमको संयोजन राष्ट्रिय मानवअधिकार आयोग कतार स्थित नेपाली समाजका प्रतिनिधि एवं कानुनी परामर्शदाता प्रो. मोहम्मद रमजान अलि मियाले गर्नु भएको थियो ।
प्रतिक्रया दिनुहोस्