राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चेतावनी नैतिकता गुमाएकाले सभापति खतिवडाले राजीनामा दिनुपर्छ

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकता गुमाएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।

 

प्रतिनिधिसभाको बुधबारको बैठकमा रास्वपा प्रवक्ता मनिष झाले ‘कुलिङ अफ पिरियड’ को व्यवस्था सम्बन्धी चलखेलमा संसदीय समितिको प्रतिवेदन अनुसार खतिवडा दोषी ठहरिएकाले नैतिकताको आधारमा पद छोड्नुपर्ने बताए।

 

उनका अनुसार, पार्टीको सचिवालय बैठकले पनि खतिवडा पदमा बसिराख्न नहुने निर्णय गर्दै तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

 

‘प्रतिवेदन अनुसार सभापति दोषी छन्। उहाँले नैतिकताको उदाहरण देखाउनुपर्छ। यस्तो कार्य गरेर नालायकी देखाउँदै बस्नु भन्दा पद छोड्नु उचित हुन्छ भन्ने हाम्रो धारणा हो,’ झाले आकस्मिक समयमा प्रतिनिधिसभामा स्पष्ट पारे।

nepalijanatakhabar

समबन्धित समाचार