मलेसिया — रोजगारीका लागि ठूलो सङ्ख्यामा मलेसिया पुगेका नेपाली युवायुवतीहरू विभिन्न चाडपर्वको अवसरमा सांस्कृतिक कार्यक्रम, खेलकुद तथा भेटघाटका गतिविधिमा सहभागी हुँदै आएका छन्।
यही क्रममा, आउँदो अगस्ट ३१ का दिन सार्वजनिक बिदामा गैरआवासीय नेपाली संघ, मलेसिया क्षेत्रीय समिति जोहोरले प्रथम एनआरएनए जोहोर कप २०२५ आयोजना गर्ने भएको छ।
आयोजक समितिका अनुसार टिम दर्ता शुल्क ७०१ रिंगेट तोकिएको छ। प्रतियोगिताको विजेता टिमले ट्रफी सहित ४ हजार मलेसियन रिंगेट, र उपविजेताले ट्रफी सहित २ हजार मलेसियन रिंगेट पुरस्कार पाउनेछन्। प्रतियोगिता मलेसियाको जोहोरबारुमा हुनेछ।
प्रतियोगिताको नियमअनुसार प्रत्येक टिममा १६ जना खेलाडी र २ जना कोच तथा म्यानेजर रहनेछन्। खेलाडीहरूले अनिवार्य रूपमा बुट र जर्सी लगाउनुपर्नेछ र रेफ्रीको नियम पालना गर्नुपर्नेछ। खेलमा विवाद उत्पन्न भए आयोजकको निर्णय अन्तिम मानिनेछ। प्रत्येक खेल ३०–३० मिनेटको हुनेछ।
टिम दर्ताको अन्तिम मिति अगस्ट २४ तोकिएको छ। खेल Jalan Janawi 2, Puteri Wangsa 81800 Ulu Tiram, Johor मा हुनेछ र बिहान ठिक ८ बजेबाट सुरु हुने जानकारी आयोजक समितिका सचिव छविलाल गिरीले दिएका छन्।
प्रतिक्रया दिनुहोस्