बजेट कार्यान्वयनका लागि सचिवहरूलाई समयमै तालिका बनाउन अर्थमन्त्रीको निर्देशन

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौँ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सबै सचिवहरूलाई स्पष्ट कार्यतालिका तयार गर्न निर्देशन दिएका छन्।

 

अर्थ मन्त्रालयमा आज बसेको बैठकमा मन्त्री पौडेलले बजेटअनुसारको वार्षिक योजना र कार्यान्वयन तालिका छिटो बनाइ कार्यमा लाग्नुपर्ने बताए। उनले मन्त्रालयले आवश्यक सबै सहयोग गर्न तयार रहेको बताउँदै, समयमा नै निर्णय र कदम चालेर नतिजामुखी कार्यान्वयन गर्न जोड दिए।

 

गैरकर राजस्व बढाउने विषयमा पनि मन्त्री पौडेलले विशेष ध्यान दिनुपर्ने बताए। उनले कानुनी दायरा र व्यवस्थाभित्र रहेर गैरकर राजस्वको सम्भावित क्षेत्र विस्तार गर्न आग्रह गरे।

 

अर्थ मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ खर्ब २८ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन गरिएको थियो, जुन कूल राजस्वको १०.९ प्रतिशत हिस्सा हो।

 

बैठकमा गैरकर आम्दानी बढाउने थप स्रोतहरू पहिचान गरी तिनलाई कार्यान्वयनमा ल्याउने विषयमा पनि छलफल गरिएको थियो।

 

बैठकमा अर्थ सचिव, राजस्व सचिव, विभिन्न मन्त्रालयका सचिवलगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

nepalijanatakhabar

समबन्धित समाचार