सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने तयारी

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने तयारी गरेको छ।

 

संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा समितिभित्र भएको चलखेलमा खतिवडाको भूमिका रहेको भन्दै संसदीय छानबिन विशेष समितिले उनलाई नैतिक जिम्मेवारी लिनुपर्ने ठहर गरेको हो। कांग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा बनेको छानबिन समितिले खतिवडालाई जिम्मेवार ठहर गर्दै प्रतिवेदन बुझाएको थियो।

 

राज्य व्यवस्था समितिबाट पारित विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था संसदबाट निष्क्रिय बनाइएपछि खतिवडा विवादमा परेका हुन्। पार्टीभित्र र बाहिरबाट नै उनी पदबाट राजीनामा दिनुपर्ने माग उठिरहेको छ।

 

कांग्रेस स्रोतका अनुसार अबको १/२ दिनभित्र खतिवडालाई सभापतिको पदबाट राजीनामा दिन औपचारिक निर्देशन दिने तयारी भएको छ। सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरूबीच यसबारे सहमति भइसकेको एक नेताले जानकारी दिए।

 

‘पार्टी नेतृत्वबीच सहमति भइसकेको छ। सभापति देउवा स्वयं पनि खतिवडालाई पदबाट हटाउनु पर्ने पक्षमा हुनुहुन्छ,’ ती नेताले अनलाइनखबरसँग बताए प्रकाशित समाचारमा उल्लेख छ।

nepalijanatakhabar

समबन्धित समाचार