मलेसियामा रास्वपा जोहोर राज्य समिति गठन, सभापतिमा भागनाथ दाहाल

वायु प्रधुशन
nepalijanatakhaba

जोहर, मलेसिया — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क विभागअन्तर्गत जोहर राज्य समिति औपचारिक रूपमा गठन गरिएको छ। जोहरमा कार्यरत र बसोबास गर्दै आएका रास्वपा समर्थकहरूको भेलाले सर्वसम्मत रूपमा नयाँ समिति गठन गरेको हो।

 

कार्यक्रमका प्रमुख अतिथि रास्वपा मलेसियाका सभापति नेत्र केसी रहेका थिए। कार्यक्रममा केन्द्रीय समितिका प्रतिनिधि किरण थापा, मिलन साहि ठकुरी, बासुदेव भट्ट र खेमराज खत्रीको विशेष उपस्थिति थियो।

 

नवगठित समितिले प्रवासी नेपालीको हकअधिकार र सुरक्षाको पक्षमा सक्रिय रहने, नेपालका राजनीतिक तथा सामाजिक परिवर्तनमा प्रवासबाट सकारात्मक योगदान पुर्‍याउने र संगठनलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। साथै, मलेसियाका अन्य राज्यहरूमा पनि संगठन विस्तार गर्ने योजना रहेको जनाएको छ।

 

नवगठित जोहर राज्य समितिको सभापतिमा भागनाथ दाहाल चयन भएका छन्। उपसभापतिमा हरि बहादुर थापा, सचिवमा रोशन खड्का, कोषाध्यक्षमा तिलकबहादुर बौकटी, सह-कोषाध्यक्षमा लझ्मन साउद र सह-सचिवमा धनीराम कामी चयन भएका छन्। सदस्यहरूमा मदन धामी, सागर काफ्ले, गणेश भण्डारी, शान्ति प्रसाद दहाल, हर्क लिम्बू, सुर्या धामी, लिला वली, सुजन बिक र पुस्तक पाण्डे रहेका छन्।

nepalijanatakhabar

समबन्धित समाचार