तिज विशेष कार्यक्रममा साङ्गीतिक प्रस्तुति दिन कतार आइपुगे लोकप्रिय गायिकाद्वय टीका र रेजिना…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- तिज विशेष साङ्गीतिक प्रस्तुतिको लागि लोकप्रिय लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियार कतार आइपुगेका छन् ।

गायिकाद्वय नेपाली महिला समाज कतारले हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आयोजना गरेको “रमाइलो तिज, सचेतना तथा विविध साँस्कृतिक कार्यक्रम – २०२५” मा आफ्नो सांगीतिक प्रस्तुति दिन बिहीबार बिहानै कतार आइपुगेका हुन् ।

शुक्रबार अर्थात २२ अगस्टको दिन मुन्तजामा रहेको होटल होलिडे भिल्लाको म्याजेस्टिक बलरुम हलमा हुने कार्यक्रमको लागि नेपालबाट कतार आइपुगेका उनीहरुलाई स्वागत गर्न समाजकी अध्यक्ष माया केसी, कार्यक्रम संयोजक तथा प्रथम उपाध्यक्ष सन्ध्या अर्याल, नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष राकेश श्रेष्ठ, पत्रकारहरू सहित अन्य व्यक्तिहरू हमाद इन्टरनेसनल विमानस्थल पुगेका थिए भने दुबै कलाकारले विमानस्थल बाटै कतारवासी नेपालीहरू लाई समय मिलाएर कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

कार्यक्रममा प्रस्तुतिको लागि नेपालबाट आमन्त्रित अतिथि कलाकारद्वय पुन र परियार सहित कतारमा रहेर पनि कलाकारितामा निरन्तर लागिरहेका एक दर्जन भन्दा धेरै कलाकारको सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक अर्यालले नेपाली जनता खबर लाई जानकारी गराएकी छिन ।

उनले अतिथि कलाकारहरुको आगमन भए सँगै कार्यक्रमको आवश्यक तयारी पनि अन्तिम चरणमा पुगेको बताएकी छिन भने कार्यक्रमलाई सफल बनाउन कतारमा स्थापित विभिन्न ७५ वटा संघसंस्थाले सहयोगी संस्थाका रूपमा आबद्ध भएका छ्न ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

nepalijanatakhabar

समबन्धित समाचार