एनआरएनए जोहोरद्वारा तीज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया जोहोर बारु:  हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोरद्वारा आयोजित दर खाने तथा सांस्कृतिक कार्यक्रम आइतबार, २४ अगस्टका दिन जोहोर राज्यमा भव्य रूपमा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता एनआरएनए जोहोर क्षेत्रीय समिति अध्यक्ष वेदना श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि व्यवसायी सपना गुरुङ रहनुभएको थियो। साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

 

तीजलाई विशेष बनाउन महिला दिदीबहिनीहरूको ठूलो सहभागिता देखिएको थियो। करिब ३०० सहभागीहरूमध्ये झण्डै २०० महिला उपस्थित रहेको जानकारी प्राप्त भएकाे छ।

 

कार्यक्रमलाई रंगिन बनाउन स्थानीय कलाकारहरूले आकर्षक प्रस्तुति दिएका थिए। दर खाएपछि दिदीबहिनीहरूले नेपाली संगीतमा छमछमी नाच्दै कार्यक्रमलाई झन् उत्साहपूर्ण र रमाइलो बनाएका थिए।

 

एनआरएनए जोहोर समितिले प्रवासमा पनि नेपाली नारीहरूको माइतीघर बनेर यस्तो कार्यक्रम आयोजना गरेकोमा सहभागीहरूले खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए। उनीहरूले भने यस्ता कार्यक्रमले प्रवासमा हुँदा पनि परिवारसँगै भएको अनुभूति गराउँछ। विगतमा चाडपर्व आउँदा मन खाली लाग्थ्यो तर यसपालिको तीज पारिवारिक जमघटझैँ रमाइलो भयो।

 

आयोजक समितिका प्रतिनिधिहरूले पनि यस कार्यक्रम प्रवासी नेपालीबीच एकता, सामाजिक सद्भाव र आपसी सहयोगको भावना बढाउन आयोजित गरिएको बताए। साथै प्रवासमा रहँदा पनि नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्य रहेको उल्लेख भएकाे सचिव छविलाल गिरीले जानकारी दिए।

 

nepalijanatakhabar

समबन्धित समाचार