मलेसियामा एक नेपाली महिला मनकला ओलीको मृत्यु

वायु प्रधुशन
nepalijanatakhaba

मलेसिया: वैदेशिक रोजगारीको क्रममा मलेसियाको जोहोरस्थित एक म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत नेपाली महिला कामदारको मृत्यु भएको छ।

 

रोल्पा जिल्ला गंगादेव गाउँपालिका–१ ओतकि निवासी मनकला ओली शनिबार राति करिब ३ बजे ड्युटीमा रहेकै बेला मेसिन सफा गर्ने क्रममा अचानक बेहोस भएर ढलेकी थिइन्। उनलाई तत्काल अस्पताल लैजाने प्रयास गरिएको भए पनि बाटोमै निधन भएको रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष तिपेन्द्र बुढामगरले जानकारी दिए।

 

दुई वर्षअघि मात्र रोजगारीका लागि मलेसिया आएकी वलीको घरमा एक छोरा र एक छोरी रहेका छन्। श्रीमानसँग सम्बन्धविच्छेद भइसकेको र उनको आर्थिक अवस्था पनि कमजोर रहेको समाजले जनाएको छ।

 

घटनाबारे मलेसियास्थित नेपाली दूतावासलाई जानकारी दिइएको छ। हाल मृतकको शव पोस्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको र कम्पनीले शव नेपाल पठाउने प्रक्रिया सुरु गरेको समाजले जनाएको छ।

nepalijanatakhabar

समबन्धित समाचार