बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन पेश गर्न आदेश दिएको छ।
बुधबार न्यायाधीश सागर विष्टको इजलासले उक्त आदेश दिएको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्।
सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गराउन मागसहित लामिछानेले उच्च अदालत तुलसीपुर, बुटवलमा निवेदन दर्ता गरेका थिए। यसअघि सोही निवेदन उनले रुपन्देही जिल्ला अदालतमा दिएका थिए, तर जिल्ला अदालतले ‘माग बमोजिम नहुने’ आदेश दिएको थियो।
जिल्ला अदालतबाट माग अस्वीकार भएपछि लामिछाने उच्च अदालत पुगेका हुन्। अब कैफियत प्रतिवेदन आएपछि मुद्दाको अर्को सुनुवाइ अघि बढ्ने अदालतले जनाएको छ।
प्रतिक्रया दिनुहोस्