जोहोर मलेसिया:रोल्पाली सेवा समाज क्षेत्रीय समिति जोहोर मलेसियाले यस वर्ष दशैं विशेष कार्यक्रम गर्ने भएको छ। संस्थाले मलेसियामा रहेका श्रमिक, व्यवसायी, खेलाडी, समाजसेवी, कलाकार, पत्रकारलगायत समुदायका विभिन्न व्यक्तिहरूसँग भेटघाट गर्ने र आफ्नो कला तथा मौलिक संस्कृतिलाई उजागर गर्ने उद्देश्य राखेको छ। यसबारे जानकारी संस्थाका पदाधिकारी तिपेन्द्र बुढामगरले दिएका छन्।
कार्यक्रम आगामी सेप्टेम्बर २८ तारिख आइतबार (फूलपातीको अघिल्लो दिन) जोहोरस्थित JO HOTEL मा हुने छ। सोही अवसरमा दशैं विशेष कार्यक्रम–२०८२ र क्षेत्रीय समिति जोहोरको पहिलो वार्षिकोत्सव एकैसाथ मनाइने भएकाे हो ।
कार्यक्रममा सहयोगी दाताहरुलाई सम्मान गरिनेछ भने रोल्पाका धार्मिक तथा ऐतिहासिक स्थलहरूको फोटो प्रदर्शनी पनि राखिने जानकारी नेपाली जनता खबर डटकमले प्राप्त गरेको छ।
प्रतिक्रया दिनुहोस्