७२ वर्ष पुगेँ, म रिटायर हुँदैछु तर महिला नेतृत्व खाली हुने छैन:अष्टलक्ष्मी शाक्य

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले स्थानीय तहमा रहेका महिला जनप्रतिनिधिहरू सक्षम र प्रभावकारी रहेको बताएकी छन्।

 

मंगलबार राजधानीमा आयोजित प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी कार्यक्रममा बोल्दै उनले महिला जनप्रतिनिधिहरूले देखाएको आँट, हिम्मत र सोच प्रशंसनीय रहेको उल्लेख गरिन्।

 

शाक्यले भनिन्, “महिला जनप्रतिनिधिहरूमा आँट र आत्मविश्वास बढेको मैले महसुस गरेको छु। किनभने स्पष्ट सोच, आँट र हिम्मत नभएसम्म नेतृत्वले परिवर्तन ल्याउन सक्दैन। त्यो गुण महिला जनप्रतिनिधिहरूमामा मैले देखेकी छु।”

 

उनले मुलुकलाई समृद्ध बनाउन महिलाको नेतृत्व अपरिहार्य भएको र सञ्चार माध्यमहरूले पनि महिलालाई अघि बढाउन साथ दिनुपर्नेमा जोड दिइन्।

 

७२ वर्ष उमेर पुगेकी उनले अब विस्तारै राजनीतिबाट अवकाश लिने समय आएको भए पनि महिला नेतृत्वको बाटो भने खाली नहुने विश्वास व्यक्त गरिन्। “अब म त रिटायर हुन्छु, तर यो फिल्ड खाली हुँदैन भन्ने कुरामा म ढुक्क छु,उनले भनिन्।

 

समाजलाई विभेदमुक्त बनाउन महिलाको नेतृत्व अझै आवश्यक रहेको उनको भनाइ छ। यो समाचार नेपलखबर मा प्रकाशित छ

nepalijanatakhabar

समबन्धित समाचार