प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सकेर स्वदेश फर्किए

वायु प्रधुशन
nepalijanatakhaba

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण समाप्त गरी स्वदेश फर्किएका छन् ।

गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं प्रस्थान गरेका हुन् ।

 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, ओली आज साँझ साढे ८ बजे काठमाडौं अवतरण गर्नेछन् ।

 

प्रधानमन्त्री ओली शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका थिए ।

भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतसँग द्वीपक्षीय भेटवार्ता गरेका थिए ।

त्यस्तै, सम्मेलनकै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि उनी भेटिएका थिए, तर मोदीसँग औपचारिक द्वीपक्षीय वार्ता भने भएको थिएन ।

nepalijanatakhabar

समबन्धित समाचार