श्रमिकको समस्यामा अभिभावकत्व निभाउँदै एनसीसी कतार घर फर्किए कास्कीका जोगलाल…

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको पहलमा मानसिक समस्यामा परेका कास्कीका जोगलाल बिश्वकर्मा घर फर्किएका छन ।

वैदेशिक रोजगारीको शिलशिलामा गत जुलाईमा कतार आएका जोगलाल आएको डेढ महिना मै मानसिक समस्यामा परे पछि एनसीसी कतारको श्रमिक बिभागले जिम्मेवारी पुर्वक अभिभावकत्व निभाउँदै टिकट व्यबस्थापन गरी सोमबार राती नेपाल फिर्ता पठाएको हो ।

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिकाका बिश्वकर्मा कतारको सल्वा रोडमा रहेको वाफ अल मन्दी रेष्टुरेन्टमा कार्यरत रहँदै गर्दा उनमा मानसिक समस्या देखिए पछि आवश्यक प्रक्रिया पुरा गरी टिकट व्यवस्थापन गरेर नेपाल पठाएको एनसीसी कतारका श्रमिक बिभाग संयोजक सन्तोष पौडेलले नेपाली जनता खबरलाई जानकारी गराएका हुन । पौडेलले आफुले कास्की आदर्श समाज कतारका पदाधिकारीहरु सङ्ग समन्वय गरि विश्वकर्मा लाई नेपाल एअरलायन्सको फ्लाइट मार्फत नेपाल पठाएको र मंगलबार बिहानै काठमाडौंमा उनको परिवार सङ्ग भेट भइ सकेको पनि बताए ।

त्यस्तै एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले रोजगारीको लागि कतार आएका विश्वकर्मा मानसिक समस्यामा परेको जानकारी पाए पछी निरन्तर खटेर उद्दार गर्नु हुने एनसीसी कतारका श्रमिक बिभागका संयोजक सन्तोष पौडेलको नेतृत्वमा रहेको टिम र कास्की आदर्श समाज कतारलाई धन्यवाद व्यक्त गर्दै नेपाली श्रमिकका हरेक समस्यालाई प्राथमिकतामा राखेर काम गरिने बताए । एनसीसी कतारले सन्चालन गरेको हट लाईन नम्बर मार्फत आएका श्रमिकका गुनासाहरुलाई प्राथमिकतामा राखेर आवश्यक सहयोग सहित सबै समस्याहरुको फ्लो अप गर्दै आएको बताउनु भयो ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला हामी तपाईंको अमुल्य कमेन्टलाई सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

nepalijanatakhabar

समबन्धित समाचार