ओमान, सोहारमा एनआरएन सोसल क्लबद्वारा श्रमिकहित जनचेतना तथा स्वास्थ्य–सामाजिक सुरक्षा कार्यक्रम सम्पन्न

वायु प्रधुशन
nepalijanatakhaba

मस्कट, ओमान।

स्वस्थ नेपाली, सुरक्षित रोजगारी” भन्ने मुल नारासहित सेप्टेम्बर ५ मा सोहारमा श्रमिकहितमैत्री सामुदायिक कार्यक्रम सम्पन्न गरेको छ। गैर आवासीय नेपाली सोसियल क्लब ओमान तथा नेपाली समुदाय सेवा समाज सोहार को सहकार्य र नेपाली दूतावास मस्कट ओमान र झापाली समाज ओमानको सहयोगमा श्रमिकहरूको कानुनी सचेतना, सामाजिक सुरक्षा कोष, स्वास्थ्य सचेतना र पासपोर्ट नवीकरण जस्ता जीवनका अत्यावश्यक विषयहरूमा जानकारी दिइएको थियो।

नेपाल समुदाय सेवासमाज सोहारका अध्यक्ष गौतम सापकोटाले स्वागतमन्त्ब राख्नु भएको कार्यक्रममा प्रमुख अथितिका रूपमा रहनु भएका दूतावासका श्रम सहचारी दामोदर ज्ञवालीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अधिकार, कानुनी समस्या समाधानका उपाय, सतर्कता र पासपोर्ट नवीकरण प्रक्रियाबारे प्रष्ट जानकारी दिए।

त्यसैगरी, सामाजिक सुरक्षा कोषका सह–निर्देशक प्रदिप महर्जनले नेपालबाटै अनलाइनमार्फत प्रत्यक्ष रूपमा सहभागीहरूसँग संवाद गर्दै कोषमा आवद्ध हुन सक्ने प्रक्रिया, भविष्यमा प्राप्त हुने सुविधा र यसको महत्त्वबारे विस्तृत जानकारी दिए।

स्वास्थ्य क्षेत्रमा NRNSC सचिव डा. कमल अर्यालले स्वास्थ्य सचेतनाबारे प्रस्तुति दिँदै वैदेशिक रोजगारीमा स्वास्थ्यलाई बेवास्ता नगर्न आग्रह गरे। साथै, लाइफलाइन हस्पिटलको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य परीक्षण (Free Health Camp) संचालन गरिएको थियो, जसबाट श्रमिकहरूले प्रत्यक्ष लाभ पाए।

 

कार्यक्रममा १०० जाना भन्दा बढी नेपालीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले दूतावास, सामाजिक सुरक्षा कोष र स्वास्थ्य शिविरबाट प्राप्त जानकारी र सुविधा अत्यन्तै उपयोगी भएको बताएका छन्।

 

NRNSC अध्यक्ष सुरेश खड्काले संस्थाले ओमानमा मात्र नभई नेपालमै समेत विभिन्न सामाजिक काम—जस्तै कोरोना महामारीमा अक्सिजन सिलिन्डर सहयोग, बाढी–पहिरो पीडितलाई राहत र बिरामीहरूको उपचार सहयोग—गरेको स्मरण गर्दै आगामी दिनमा पनि प्रवासी नेपाली श्रमिकहरूको हितमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सनंचालन एन आर एन ए आई सि सि का पुर्व सदस्य टीका धितालले गर्नु भएको थियो ।

nepalijanatakhabar

समबन्धित समाचार