मोना मलेसियाको दोस्रो साधारण सभा तथा तेस्रो अधिवेशनको भव्य तयारी

वायु प्रधुशन
nepalijanatakhaba

क्वालालम्पुर, मलेसिया । मोना मलेसियाको दोस्रो साधारण सभा र तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

म्याग्दी जिल्लाका युवायुवतीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति (मोना मलेसिया) ले यो कार्यक्रम गर्न लागेको हो। केश रोका मगरका अनुसार अधिवेशनलाई भव्य र सफल बनाउन विशेष तयारी गरिएको छ।

कार्यक्रममा मौलिकता झल्किने गरी स्थानीय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै म्याग्दी जिल्लालाई विश्वभर चिनाउने उद्देश्यले त्यहाँका पर्यटकीय तथा धार्मिक स्थलहरूको तस्वीर प्रदर्शनी पनि राखिने महासचिवले जानकारी दिएका छन्।

यस अवसरमा मलेसियामा श्रम गरिरहेका म्याग्दीवासीहरूलाई मोना मलेसियासँग आवद्ध भई जिल्लाको विकासमा योगदान गर्न, विपद्–दुःखका क्षणमा एकअर्कालाई सहयोग पुर्‍याउन र मलेसियामा रहेका नेपाली श्रमिकका समस्यामा हातेमालो गर्न आव्हान गर्ने योजना समेत रहेको छ।

कार्यक्रम Cosmo Hotel, Kuala Lumpur (घण्टाघर नजिक, 13–15 Leboh Ampang, 50050 Kuala Lumpur) मा हुनेछ।

🗓 मिति: सेप्टेम्बर १४, आइतबार

🕙 समय: बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म

यो कार्यक्रम म्याग्दी प्रवासी नेपाली संघ, राष्ट्रिय कार्यकारी समिति – मोना मलेसिया द्वारा आयोजना गरिएको हो।

nepalijanatakhabar

समबन्धित समाचार